मृत अवस्थामा फेला

काठमाडौं, ३० भदौ
    काठमाडौं : काठमाडौं महानगरपालिका–७ मैजुवहाल बस्ने ५६ वर्षीय सानुभाई घले सोही ठाउँस्थित सडक पेटीमा बिहिबार मृत अवस्थामा फेला परेका छन् ।
     यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका–८ संचारस्थित डेरा गरी बस्ने सोही ठाउँस्थित टेलिकममा चौकीदारको काम गर्ने धनुषा लखनपुरका ५२ वर्षीय हरिधामी दनुवार उनकै कोठाभित्र बिहिबार मृत अवस्थामा फेला परेका छन् ।
    यसैगरी काठमाडौं महानगरपालिका–३० महावौद्वमा हाल नाम, थर, वतन नखुलेका करीव ४५ बर्षीय  पुरुष बिहिबार मृत अवस्थामा फेला परेका छन् ।
    सुनसरी : पश्चिम कुशाहा–४ स्थित पानी जमेको खाल्डोमा हाल नाम, थर, वतन नखुलेका करीव ४० वर्षीय पुरुष बिहिबार मृत अवस्थामा फेला परेका छन् ।
    ललितपुर : महालक्ष्मी नगरपालिका–१९ स्थित डेरा गरी बस्ने सप्तरी शिशुवा–२ का ४८ वर्षीय मगंल चौधरी उनकै डेराकोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।