खोलाले बगाई वेपत्ता

काठमाडौं, ३० भदौ
    खोटाङ : हौचुर–७ बस्ने ३४ वर्षीय सिताराम खड्का स्थानीय रावा खोलामा बस्तु तार्ने क्रममा बुधबार खोलाले बगाई बेपत्ता भएका छन् ।
    रोल्पा : खुङग्री–९ हरिगाउँ बस्ने बिक्रम शाहको छोरी ९ वर्षीया बिबेचना शाह स्थानीय माडी खोलामा पौडी खेल्ने क्रममा बुधबार खोलाले बगाई बेपत्ता भएकी छन् ।
    स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी गर्नुको साथै प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।