विभिन्न धनमाल चोरी

काठमाडौं, ३० भदौ
    काठमाडौं : काठमाडौं महानगरपालिका–१७ खुसिबुस्थित चितवन कल्याणपुर–६ का अर्जुनबहादुर रावलको अंकित ईष्टरप्राइजेज प्रा.लि.बाट सटरको ताला फोडी सेफमा रहेको नगद २ लाख २७ हजार ६ सय २० रुपैयाँ र सोही स्थानमा रहेको कस्मेटिक गोदामबाट करीव २ लाख ७० हजार रुपैयाँ बराबरको कस्मेटिक सामानहरु बिहिबार चोरी  भएको छ ।
    भक्तपुर : मध्यपुर ठिमी नगरपालिका–१६ लोन्थली बस्ने ४० वर्षीय बिष्णुदेवी बुढाथोकीको घरबाट कोही नभएको अवस्थामा मुलढोकाको ताला फोडेर ६ तोला सुन र ल्याप्टप १ थान गरी करीव ५ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल बुधबार चोरी भएको छ ।
    चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।