मदिरा नष्ट गरिएको

सर्लाही, १० असोज    
    इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले आइतबार बरहथवा नगरपालिका–१ हजरियाचोक स्थित मनोज गुरुङ सहित ५ जनाको घरबाट मदिरा बनाउने कच्चा पदार्थ ७ हजार ७ सय  लिटर र तयारी मदिरा ३ सय ३० लिटर बरामद गरी स्थानीय बुद्धिजिवी, भद्रभलादमीको रोहबरमा नष्ट गरेको छ ।
    मदिरा उत्पादन गर्ने फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।