पेस्तोलको गोली र अन्य अवैध सामान सहित पक्राउ
काठमाण्डौं, १० असोज
काठमाडौं महानगरपालिका–९ बत्तिसपुतली डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–८ घर भएका २३ वर्षीय सुमित साहलाई प्रहरीले सानो पेस्तोलको गोली १ राउण्ड , पाँचऔंले जडीबुडी १ थान र ल्ष्तचबपभतझ तबदभित २९ वटासहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौं महानगरपालिका–३४ खरीबोटमा साहलाई चेकजाँच गर्दा उक्त सामानहरु बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

