लागूऔषध सहित पक्राउ

काठमाडौँ, १० असोज
    सुनसरी लौकी–२ घर भएका १८ बर्षीय बीरेन्द्र यादवलाई १ सय ९५ थान कोरेक्स र ९६ ट्याब्लेट नाइट्रोजन सहित प्रहरीले पक्राउ गरेको छ । धरानबाट काठमाडौंतर्फ आएको ना.६ ख ४९७७ नम्बरको बसलाई सोमबार चन्द्रागिरी–३ नागढुङगामा प्रहरीले चेकजाँच गर्दा यादवको साथबाट उक्त लागूऔषध बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।