गोली बरामद
जाजरकोट, १० असोज
भेरीमालिका नगरपालिका–३ स्थित स्यालपाखा सामुदायिक बन क्षेत्रबाट ५ सय ८० राउण्ड गोली सोमबार प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानमा गोली रहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रहरीले खोजतलास गर्दा यत्रतत्र छरिएको अवस्थामा इन्सास राइफलमा प्रयोग हुने गोली ९ राउण्ड, चाइनिज पेस्तोलमा प्रयोग हुने गोली ३ राउण्ड र एके ४७ राइफलमा प्रयोग हुने गोली ५ सय ६८ राउड बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

