दरखास्त दर्ता गर्ने समय थप गरिएको
काठमाडौँ, १० असोज
नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (जनपद) पद खुल्ला प्रतियोगिताद्वारा समाबेशी प्रावधान अनुसार पूर्ति गर्न २०७३ साउन ३० गते प्रकाशित बिज्ञापनमा २०७३ भदौ १२ गतेदेखि असोज १० गतेसम्म दरखास्त आव्हान गरिएकोमा पुन : दरखास्त फाराम बितरण तथा दर्ता कार्य असोज २१ गतेसम्म थप गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग भर्ना तथा छनौट शाखाले जनाएको छ ।

