विभिन्न धनमाल चोरी

काठमाडौँ, ११ असोज
    भक्तपुर : चाँगुनारायण नगरपालिका–८ कुईकेल गाँउ बस्ने पुर्ण गुरुङको घरको दोस्रो तलाको आँखी झ्यालबाट भित्र पसी दराज फोडेर नगद १ लाख ५० हजार रुपैया  र सुनका बिभिन्न गहनाहरु समेत गरी करीव ५ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
    काठमाडौँ : काठमाडौँ महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने बज्रयोगिनि–७ घर भएका युवराज खत्रीको कोठाको ढोकाको ताला फोडी सोमबार नगद २ लाख रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करीव ३ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
    फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।