डुबेर मृत्यु

काठमाडौं, ११ असोज
    मोरङ : भौडाहा–१ बस्ने ५० वर्षीय मोती मुरयारीको सोमबार सुकानी खोला तर्ने क्रममा खोलाले बगाउदा डुबेर मृत्यु भएको छ ।
    यसैगरी मोरङ पथरी शनिश्चरे–९ नमुना टोल बस्ने ५५ वर्षीय कथिमी झागडको सोमबार घर नजिकै रहेको देविस्थान खोलामा डुबेर मृत्यु भएको छ ।
    उदयपुर : हडिया–५ गौशाला बस्ने रामप्रसाद चौधरीको ९ वर्षीय छोरा सुबोध चौधरीको सोमबार घर नजिकै खाल्डोमा जमेको पानीमा डुबेर अचेत भएकोले उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।