सवारी दुर्घटनामा मृत्यु
नवलपरासी, ११ असोज
मध्यबिन्दु नगरपालिका–७ चोरमारा जंगलस्थित महेन्द्र राजमार्गमा ना.४ ख ५०१० नम्बरको रोकी राखेको ट्रकमा सोमबार लु.१ ख ६९३३ नम्बरको बस अनियन्त्रित भई ठोक्किएर दुर्घटना हुँदा बसमा सवार बारा तेराकट्टी घर भएका २५ वर्षीय संदिप शर्माको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा बसमा सवार अन्य ६ जना गम्भीर घाइते भएकोले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा पठाइएको छ । दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

