सुनसहित पक्राउ
काठमाण्डौ, ११ असोज
स्याङ्जा अडचले–१ बस्ने २४ वर्षीय राजेन्द्र गुरुङ्गलाई प्रहरीले १ सय ग्राम सुन सहित पक्राउ गरेको छ ।
एयर अरेबियाको उडान नम्वर जि ९५३१ द्वारा बहराईन हुदैँ काठमाडौँ आएका उनलाई सोमबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको भन्सार एरिया पारगरे पश्चात् प्रहरीले शंका लागी चेकजाँच गर्दा उक्त सुन बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

