कुटपिट गर्ने पक्राउ

बाँके, ११ असोज
    आफ्नै श्रीमतीलाई कुटपिट गर्ने बेतहनी–५ बस्ने ३३ वर्षीय शिब प्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
    चौधरीले सोमबार राति घरायसी विवादमा २६ वर्षीया श्रीमती सुमनाराना चौधरीलाई हथौडाले टाउको र शरीरको विभिन्न भागमा हान्दा गम्भीर घाइते भएकोले उपचारको लागि भेरी अंचल अस्पतालमा लगिएको छ ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।