कुटपिट गरी ज्यान मार्ने पक्राउ
सुनसरी, ११ असोज
कुटपिट गरी ज्यान मारेको अभियोगमा नसिंह–१ बस्ने २० वर्षीया चब्रुन खातुन र ३० वर्षीया अम्ना खातुनलाई प्रहरीले पक्रउ गरेको छ ।
उनीहरुले सोमबार सोही ठाउँ बस्ने ३० वर्षीय अप्रोजा खातुनलाई आलीको साँधमा घाँस काटेको बिषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएकोले जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

