बगाई वेपत्ता तथा डुबेर मृत्यु
काठमाडौं, ११ असोज
सिन्धुपाल्चोक : माङ्खा–६ बस्ने दिनेश नेपालीको छोरी ४ वर्षीया दिपिका नेपाली सोही ठाउँस्थित अँधेरी ठाडो खोलाले बगाई मंगलबार वेपत्ता भएकी छन् । आमासँग लुगा धुन गएको अबस्थामा उक्त खोलाले बगाई भोटेकोशी नदीतर्फ बेपत्ता भएकोले खोजी कार्य भइरहेको छ ।
नुवाकोट : खड्गभञ्याङ–७ स्थित त्रिशुली खोलाको बिचमा नुवाकोट तुक्चे–१ बस्ने ४७ वर्षीय कर्णबहादुर थापाको शव खोलाले बगाई ल्याएको अवस्थामा मंगलबार फेला परेको छ ।
मोरङ : बिरागटनर–५ बस्ने बिरेन गिरीको छोरा ७ वर्षीय अनमेष गिरी सोही ठाउँस्थित वास्ता खोलामा पौडी खेल्ने क्रममा सोमबार खोलाले बगाई लगेकोमा खोजी गर्दै जाने क्रममा बिराटनगर एयरपोर्ट पछाडी खोलाको किनारमा मंगलबार शव फेला परेको छ ।

