मृत अवस्थामा फेला
काभ्रे, ११ असोज
पाँचखाल नगरपालिका–१७ बस्ने ५२ वर्षीया ठुलीमाया थापामगर सोही ठाउँस्थित सिरिसघारीको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सोमबार घाँस काट्न गएकी उनी घर फर्की नआएपछि खोजी गर्नेक्रममा जंगलको खोल्सामा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

