केन्द्रीय प्रहरी प्रवक्ता तथा सह–प्रवक्ता तोकिएको
काठमाडौं, ११ असोज
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चार माध्यममा संप्रेषण गर्नकालागि प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र प्रहरी बरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई सह–प्रवक्ता तोकिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता ठकुरीलाई मोवाइल नम्बर ९८५१२९२१११ र सह–प्रवक्ता ज्ञवालीलाई ९८५१२८०१५१ मा सम्पर्क गर्न सकिने प्रहरी महानिरीक्षकको सचिवालयले मंगलबार जनाएको छ ।

