हत्या गरेको अवस्थामा फेला
काठमाडौँ,१२ असोज
काठमाडौं महानगरपालिका–२२ भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा दोलखा वावरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
सोमबार विहान देखि उक्त गेष्ट हाउसमा नाम,थर,वतन नखुलेको पुरुष र उनी कोठा बुक गरी बसेकोमा थापालाई उनले लगाएको सुरुवालले घाँटीमा कसेर हत्या गरेको अवस्थामा मंगलबार फेला पारिएको थियो ।
उनीसंगै कोठामा बसेका फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

