करेन्ट लागेर मृत्यु
सिराहा, १२ असोज
लाहान नगरपालिका–७ बस्ने ६५ बर्षीय रतन वि.क.को करेन्ट लागेर मृत्यु भएको छ । बुधबार पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

