खोलामा डुबेर मृत्यु
बारा, १३ असोज
बिरगंज उपमहानगरपालिका–१९ ईनर्वा बस्ने १३ बर्षीया आतिष साहको खोलामा डुबेर मृत्यु भएको छ । बारा भरभलिया–८ स्थित मामा घर आएको बेला बुधबार बगही खोलामा नुहाउने क्रममा खोलामा डुबेर अचेत भएका उनलाई स्थानीय बासिन्दाले फेलापारी उपचारको लागी नारायणी उपक्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

