बेहोस भएर मृत्यु
काठमाडौं, १३ असोज
काठमाडौं महानगरपालिका–५ हाँडीगाँउ बस्ने ६० वर्षीय श्रीराम राज भण्डारीको बेहोस भएर मृत्यु भएको छ । उनलाई बुधबार काठमाडौँ महानगरपालिका–४ चण्डोलस्थित प्रगति टोलमा बेहोस भई लडी रहेको अवस्थामा फेला पारिएपछि उपचारको लागी शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

