सवारी दुर्घटनामा मृत्यु
मकवानपुर, १३ असोज
मनहरी–४ सिमपानीस्थित पूर्वपश्चिम राजमार्गमा ना.६ ख २०३४ नम्बरको ट्रकले ना.१४ प ५७९८ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय भिमबहादुर स्याङ्तान गम्भीर घाइते भएकोले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र मनहरी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

