जवरजस्ती करणी उद्योग मुद्दाका फरार पक्राउ

काठमाडौँ, १३ असोज  
    जवरजस्ती करणी उद्योग मुद्दाका फरार ललितपुर गोदावरी–२ घर भई ललितपुर उपमहानगरपालिका–१४ बस्ने २७ बर्षीय करण कुमार प्रधान लाई प्रहरीले पक्राउ गरेको छ ।
    जबरजस्ती करणी उद्योग मुद्दामा पुनरावेदन अदालत पाटनको मिति २०७३ जेठ १८ गतेको फैसलाले ३ बर्ष कैद हुने ठहर भएको र उक्त कैद सजाय वेरुजु रही फरार रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले बुधबार नखिपोट ललितपुरबाट पक्राउ गरेको हो ।
    प्रधानले आफैले संचालन गरेको नखिपोट स्थित सत्यम् विहेबियर सुधार केन्द्रमा लागु पदार्थ दुव्र्यसनको कुलत छुटाउन आएकी, डिप्रेसनको बिमारी समेत रहेकी एक जना पीडित महिलालाई  २०७० पुस २० गते रातको समयमा जबरजस्ती करणी गरेको भन्ने घटनाको सम्बन्धमा अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा प्रतिबादीलाई उल्लेखित कैद गरेको थियो ।  प्रधानलाई ललितपुर जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।