जुवा तास खेल्ने पक्राउ

काठमाडौँ, १३ असोज  
    काठमाडौँ महानगरपालिका–५ कालोपुल स्थित बिमल थापाको घरमा तास खेलिरहेका बारा निजगढ– ७ घर भएका प्रेमध्वज लामा सहित ६ जनालाई प्रहरीले बुधबार नगद १ लाख ५ हजार ७ सय रुपैया र ३ बुक ताससहित पक्राउ गरेको छ ।
    यसैगरी काठमाडौँ महानगरपालिका–१६ नयाँबजार स्थित बिरेन्द्र गुरुङले भाडामा लिएको घरमा जुवातास खेलिरहेका गुरुङ सहित ५ जनालाई प्रहरीले बुधबार नगद ३२ हजार रुपैया र ३ बुक तास सहित पक्राउ गरेको छ ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।