लागू औषध चरेश सहित पक्राउ
काठमाडौँ, १३ असोज
काठमाडौँ : चन्द्रागिरी नगरपालिका–७ थानकोट डेरा गरी बस्ने मकवानपुर घर भएका २४ बर्षीया बिना लामालाई प्रहरीले अवैध लागू औषध चरेश ३ के.जी. सहित पक्राउ गरेको छ ।
लामाले कोठामा चरेश लुकाई छिपाई राखेको खबर प्राप्त हुनासाथ प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले बुधबार उनको कोठा तलासी गर्दा उक्त चरेस बरामद भएको थियो ।
बारा : धादिङ किरानचोक–४ बस्ने १८ बर्षीय कोपिल भन्ने आईत सिं. तामाङ्ग र उनका साथी पर्सा बिरगंज उपमहानगरपालिका–११ बस्ने ४० बर्षीय सन्तोस सराफलाई प्रहरीले लागू औषध चरेश ११ के.जी सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विहिबार अमलेखगंज–६ स्थित नेपाल आयल निगमको पार्किङ अगाडी नारायणघाटबाट बिरगंजतर्फ आउदै गरेको ना.५ख ४९४० नम्बरको बसलाई चेकजाँच गर्दा तामाङ्गले बोकेको झोलाबाट उक्त चरेश बरामद भएको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

