सहकारी संस्थाबाट नगद चोरी

सिन्धुपाल्चोक, १३ असोज  
    हैबुङ–३ काउले दोभानस्थित सिन्धुदिप बचत तथा ऋण सहकारी संस्थाबाट बुधबार राति ढोकामा लगाएको साँचो फुटाई घर्रामा रहेको नगद ४ लाख ९१ हजार ८ सय ५५ रुपैयाँ चोरी भएको छ ।
    फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।