अवैध लागूऔषधसहित पक्राउ
बारा, १३ असोज
अमलेखगंज–६ स्थित नेपाल आयल निगमको पार्किङ अगाडिबाट नारायणगढबाट–बीरगंजतर्फ जाँदै गरेको ना.५ ख ४९४० नम्बरको बसमा सवार धादिङ किरानचोक–४ बस्ने १८ वर्षीय कोपिल भन्ने आइतसिंह तामाङ्गलाई झोलामा राखेको करीव ११ केजी चरेश र उनका साथी पर्सा बीरगंज उपमहानगरपालिका–११ बस्ने ४० वर्षीय सन्तोस सराफलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

