श्रब्यदृश्य आधारभूत तालिम समापन

काठमाडौं, १३ असोज  
    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, श्रब्यदृश्य शाखामा संचालित दोस्रो समूहको श्रब्यदृश्य आधारभूत तालिम बिहिबार समाप्त भएको छ ।
    उक्त तालिम समापनका अवसरमा आयोजित एक समारोहमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
    उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक ठकुरीले श्रब्यदृश्यको महत्वलाई नकार्न नसकिने उल्लेख गर्दै उत्कृष्ट प्रशिक्षकबाट सिकेका सीपलाई व्यवहारिकरुपमा लागू गर्नुपर्ने बताउनुभयो । उपकरणको प्रयोग जोखिमपूर्ण कार्य रहेकोले त्यसतर्फ सचेत रही कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    प्रहरी नायव उपरीक्षक बासुदेब खतिवडाले धन्यबाद ज्ञापन गर्नुभएको सो समारोहमा प्रहरी निरीक्षक जिरेखन मण्डलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत तथा प्रहरी नायव निरीक्षक खेमराज खनालले प्रशिक्षार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    समारोहमा मन्तव्य व्यक्त गर्नेक्रममा उक्त तालिमका अतिथि प्रशिक्षक करुण थापाले समयसापेक्ष उपकरणमा अपडेट गर्दै कार्य सम्पादन गरेमा उपयुक्त हुने सुझाव प्रस्तुत गर्नुभएको थियो ।
    गत भदौ १ गतेबाट सुरु भएको उक्त तालिममा प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक ७ र प्रहरी जवान ८ जना गरी कुल १६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।