साइबर सुरक्षा सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं, १३ असोज
नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित साइबर सुरक्षा सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम बिहिबार सोही संघको कार्यालय भृकुटीमण्डमा सम्पन्न भएको छ ।
उक्त अवसरमा संघकी अध्यक्ष श्रीमती रोशी अर्यालले धन्यबाद ज्ञापन गर्दै कार्यक्रममा विज्ञद्वारा प्रदान गरिएको प्रशिक्षणबाट सिकेका प्राविधिक एवं व्यवहारिक ज्ञानलाई व्यवहारमा उतारी लागू गरेमा कार्यक्रमको सार्थकता हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा साइबर सेक्यूरिटी इन्टरनेशनल नेपालका प्रमुख डा. रामहरि सुवेदीले साइबर सुरक्षाका बिषयमा प्रस्तुतीकरण गर्दै फेसबुक लगायतका सामाजिक सञ्जाल, मोवाइल फोन, कम्प्युटर आदि मार्फत हुने साइवर अपराध र यसबाट सुरक्षित हुने उपायका बारेमा जानकारी दिनुभएको थियो ।
साथै अध्यक्ष अर्याल र डा. सुवेदीले कार्यक्रममा सहभागीहरुलाई उक्त अवसरमा प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा संघका सल्लाहकार, उपाध्यक्ष लगायतका पदाधिकारीहरु एवं प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता रहेको थियो ।

