खोलामा डुबेर मृत्यु रुपन्देही, १४ असोज सालझण्डी–५ मुसरीभाट बस्ने १८ बर्षीय दिनेश लोधको विहिबार सोही ठाउँ स्थित कन्चनखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।