आगलागीबाट धनमाल क्षति
काठमाडौं, १५ असोज
कागेश्वरी मनहरा नगरपालिका–११ बीरेन्द्र चोक नजिकै रहेको टिनको दुई कोठे पूजाघरमा बिद्युत सर्ट भई शनिबार आगलागी हुँदा पूजा सामाग्री, पूजाको आसन र अन्य लत्ताकपडा समेत गरी करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानियको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।

