खोलाले बगाई बेपत्ता

काठमाडौं, १५ असोज
    बारा : घर नजिकैको पोखरीमा नुहाउने क्रममा शनिबार डुबेर गम्भीर घाइते भएका कलैया नगरपालिका–१० रंगपुर बस्ने कमुरुलहक अन्सारीको छोरा १३ वर्षीय सहनवाज अन्सारीको उपचारको लागि जिल्ला अस्पताल कलैया लैजानेक्रममा बाटैमा मृत्यु भएको ।
    ताप्लेजुङ : हाङपाङ–८ बस्ने गिता थापाको छोरा १२ वर्षीय सविन थापा हाङपाङ र चाँगेको सिमानामा पर्ने सगुवा खोलामा पौडी खेल्ने क्रममा शुक्रबार खोलाले बगाई बेपत्ता भएका छन् ।
    लमजुङ : ढोडेनी–२ गैह्रीस्थित दोर्दी खोलामा फोटो खिच्ने क्रममा शुक्रबार अचानक चिप्लिन जाँदा गोरखा मनकामना बस्ने १९ वर्षीय पवन श्रेष्ठ खोलाले बगाई बेपत्ता भएका छन् ।
    स्थानियको सहयोगमा प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।