अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, १५ असोज
    काठमाडौं : चन्द्रागिरी नगरपालिका–३ नागढुङगा चेकपोष्टमा चेकजाँचको क्रममा धादिङबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८२७ नम्बरको बसमा सवार धादिङ किरणचोक–१ का २९ वर्षीय रामचन्द्र अधिकारीसमेत २ जनालाई ३ केजी ७ सय ग्राम लागूऔषध गाँजासहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
    यसैगरी काठमाडौं महानगरपालिका–३४ बानेश्वर ठुलो खरीबोटमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोटका २२ वर्षीय रामकृष्ण तामाङ्ग र मकवानपुरका २३ वर्षीय दिपेन्द्र गमाललाई २७ पिसमा रहेको २ सय ग्राम लागूऔषध पोल्याण्डसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
    रौतहट : टेङग्राहा–९ मा चेकजाँच गर्ने क्रममा बारा रतनपुर–१२ बस्ने ३२ वर्षीय बिष्णु लामा, १६ वर्षीय निरज लामा र २० वर्षीय अनिल लामालाई साईकलमा सालको पातभित्र लुकाई ल्याएको लागूऔषध १५ केजी गाँजासहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
    बाँके : शम्शेरगंज–९ हल्दारपुर बस्ने २० वर्षीया रिता बुढाथोकीलाई रुपैडियाबाट नेपालगंजतर्फ पैदल आँउदै गरेको अवस्थामा नेपालगंज उपमहानगरपालिका–२० जमुनाहा चेक प्वाईन्टमा चेकजाँचको क्रममा शरीरमा लुकाई छिपाई ल्याएको करीव १० ग्राम लागूऔषध ब्राउनसुगर सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।