सवारी दुर्घटनामा मृत्यु

काठमाडौँ, १६ असोज
    बैतडी : सिद्धेश्वर–८ अनारखोली स्थित महाकाली मार्गमा नम्वर नखुलेको सवारी साधनले पैदलयात्री सोही ठाउँ बस्ने ५५ बर्षीय राम सिंह बिष्टलाई शनिबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
    धनुषा : जनकपुर उपमहानगरपालिका–२ रेल्वे स्टेशन नजिक नम्बर नखुलेको सवारी साधनले शनिबार पैदलयात्री चक्कर–२ बस्ने ३५ बर्षीय भोला सहनीलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले जनकपुर अंचल अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।