मसला पिस्ने लोहोरोले हान्दा मृत्यु
बर्दीया, १६ असोज
आफनै ससुराले मसला पिस्ने लोहोरोले टाउकोमा हान्दा पाताभार–८ बस्ने ४१ बर्षीया मनसरा ढकालको मृत्यु भएको छ ।
उनलाई शनिबार ५५ बर्षीय ससुरा जहले ढकालले घरायसी बिबादमा लोहोरोले टाउकोमा हान्दा गम्भीर घाइते भएकोले उपचारको लागी नर्सिङ होम नेपालगंज पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
फरार जहले ढकालको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

