जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नुवाकोट, १६ असोज
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा खानीगाँउ–६ माझीपानी बस्ने बिर बहादुर घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
घलेले असोज १२ गते सोही ठाउँ बस्ने ५ बर्षीया बालिकालाई आफ्नै घर नजिकैको जङगलमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

