चोरीको गहना बन्दकी राख्न आएका पक्राउ
काठमाडौँ, १६ असोज
चोरीका गहना बन्दकी राख्न आएका खोटाङ मात्तिम–३ घर भएका १८ बर्षीय रोशिष ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
निजले बिगत १ महिना अगाडी खोटाङ दिक्तेल नगरपालिका–२ बस्ने सुभाष आचार्यको घरबाट सुनका गहना र नगद २२ हजार चोरी गरेका थिए ।
मैतिदेवी स्थित ईन्द्र बहादुर वि.क.ले संचालन गरेको दक्षिणकाली सुनचाँदी पसलमा बिल समेत देखाई १ तोला बराबरको सुनको चुरा बन्दकी राखी नगद रुपैंयाँ लिन लागेको अवस्थामा पसल धनीलाई शंका लागी प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीले ढकाललाई सोधपुछ तथा चेकजाँच गर्दा १ थान सुनको चुरा , १ थान सुनको जन्तर, १ जोर कानमा लगाउने झुम्का समेत फेला परेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

