अवैध सुन सहित पक्राउ

काठमाडौँ, १६ असोज
    त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट Air Asia को उडानद्धारा मलेसियाबाट नेपाल आगमन भएका पर्वत माझफाँट घर भएका रामशरण खत्रीलाई प्रहरीले १ सय ५० ग्राम सुन सहित पक्राउ गरेको छ ।
    शनिबार प्रहरीले निजको साथमा रहेको लगेज पार्किङ एरियामा चेकजाँच गर्ने क्रममा ३ वटा सुनको बालामा रहेको उक्त सुन बरामद भएको थियो ।
    यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।