जुवा तास खेल्ने पक्राउ

काठमाडौँ, १६ असोज
    कागेश्वरी मनहरा नगरपालिका–१३ काँडाघारी मेडिकल चोक स्थित राजेन्द्र कुमार अग्रवालको बन्दै गरेको घरको भुई तलामा जुवातास खेलिरहेका अग्रवाल सहित ८ जनालाई शनिबार प्रहरीले नगद १ लाख ११ हजार ९ सय रुपैयाँ र ३ वुक तास सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।