लागूऔषध सहित पक्राउ
मोरङ, १६ असोज
सुन्दरपुर–५ बस्ने ३६ बर्षीय गुणराज राई, ३२ बर्षीय सुमन प्रसाद फुयाल र सुनसरी इटहरी नगरपालिका–२१ बस्ने ३३ बर्षीय मोहम्मद सहिदलाई प्रहरीले नियन्त्रित लागूऔषध कोरेक्स १५ बोतल र नाईट्रोजन १० टयाब्लेट सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले शनिबार हात्तीमोडा–८ स्थित कोशी राजमार्गमा बिराटनगरबाट सुनसरी दुहवीतर्फ जाँदै गरेको को.२ च ५७५२ नम्बरको मारुती कार चेकजाँच गर्दा सिटमुनी झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

