मृत अवस्थामा फेला
काठमाडौँ, १६ असोज
काठमाडौँ : काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने ८० बर्षीय ईन्द्र शेर्पा आइतबार आफ्नै घरको पछाडी मृत अवस्थामा फेला परेका छन् ।
बैतडी : गिरेकाँडा–५ बस्ने ६५ बर्षीय जय बहादुर चन्द आइतबार आफ्नै घर भित्र मृत अवस्थामा फेला परेका छन् । निजले अत्याधिक मादक पदार्थ सेवन गरेको बताइएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

