खोलाले बगाएर मृत्यु

काठमाडौँ, १६ असोज
    सिन्धुली : जरायोटार–९ बस्ने ४५ बर्षीय मानबहादुर सिजालीको शनिबार राति बजारबाट घरतर्फ फर्कने क्रममा लंगुर खोलाले बगाएर मृत्यु भएको छ ।
    रुपन्देही : हर्नैया–२ स्थित मैनिहवा–३ बस्ने अब्दुल हकिम तेलीको माछा पोखरीमा सोही ठाउँ बस्ने १३ बर्षीया  पुजा यादव र १४ बर्षीया सोनी सहनीको आइतबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।