लडेर मृत्यु

काठमाडौँ,२७ पुस
    मकवानपुर : टिष्टुङ–२ स्थित माईती घरमा बस्दै आएकी धादिङ नौबिसे–८ घर भएकी २१ बर्षीया मिनामाया गोलेको लडेर मृत्यु भएको छ ।
    मंगलबार माईती घर नजिकै रहेको धारामा लुगा धुने क्रममा लड्न गई घाइते भएकी उनलाई उपचारको लागि थाहा पोलिक्लिनिक पालुङ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
    महोत्तरी : रामनगर–८ स्थित एभरेष्ट सुगर मिल भित्र भारत पश्चिम चम्पारण बेतिया नरकटियागंज घर भई  उक्त मिलमा क्रेन अपलोडरको काम गर्ने २२ बर्षीय गोलु कुमार तिवारीको मंगलबार उखु अनलोड गर्ने क्रममा क्रेन अपलोडरबाट लड्दा रेल्वे लिगमा खसेर घटनास्थलमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।