सवारी दुर्घटनामा मृत्यु

काठमाडौँ, २७ पुस
    काठमाडौँ : काठमाडौँ महानगरपालिका–२९ सामाखुसी स्थित स्काई पार्टी प्यालेस अगाडी ना.६ ख १५७० नम्बरको ट्रकले पैदलयात्री नुवाकोट भद्रुटार–६ घर भई मनमैजु बस्ने  ५८ बर्षीय ज्ञानेन्द्र प्रसाद सिटौलालाई मंगलबार ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    महोत्तरी : सिमरदही–९ बहुरवाचोक स्थित भित्रि सडक खण्डमा कार्यालयबाट ज.२ प ३४६७ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई दुर्घटना हुदाँ सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार ३७ बर्षीयअमित कुमार सिंह गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।