बिदेशबाट आएका यात्रुबाट सुन संकलन गर्ने पक्राउ

काठमाडौँ, २७ पुस
    विदेशबाट आगमन भएका यात्रुहरुबाट सुन जस्तो देखिने पहेंलो बस्तु (सिक्रि ४ थान) १ सय ९९ ग्राम संकलन गरिरहेका मोरङ विराटनगर उपमहानगरपालिका–४ घर भई हाल दन्तकाली गेष्ट हाउस नयाँवसपार्कका प्रोपराईटर ४५ बर्षीय कमल निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।
     त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट मंगलबार प्रहरीले उनलाई सुन जस्तो देखिने उक्त पहेंलो बस्तु संकलन गरी भंसार छलेर लैजान लागेको अवस्थामा फेला पारेको थियो ।
    प्रहरीले उनलाई उक्त बस्तु सहित आवश्यक कारवाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।