नियन्त्रित लागूऔषध सहित पक्राउ

मोरङ, २७ पुस
    सुनसरी धरान उपमहानगरपालीका –१५ बस्ने १७ बर्षीय विवेक क्षेत्रीलाई प्रहरीले मंगलबार बिराटनगर उपमहानगरपालीका–१८ जतुवा चोकबाट अवैध लागूऔषध डाईजेल्याप १३ एम्पुल, लुपिजेसिक १३ एम्पुल र एभिल १३ एम्पुल सहित पक्राउ गरेको छ ।
    यसैगरी लागूऔषध नियन्त्रण व्यूरो बिराटनगर शाखाबाट खटिएको प्रहरी टोलीले बिराटनगर उपमहानगरपालीका–२१ बाट साइकलयात्रीलाई पथरी शनिश्चरे नगरपालीका–४ बस्ने ३१ बर्षीय मनोज माझीलाई मंगलबार लुकाई छिपाई ल्याएको लागूऔषध स्पास्मो प्रोक्सिभन २ सय ८८ एम्पुल सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।