आगलागीबाट क्षति

अछाम, २७ पुस
    भैरवस्थान–८ पुत्रा बस्ने मनिराम बुढाको घरमा मंगलबार आगलागी हुँदा करीव २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । आगलागीमा २० वटा बाख्रा र २५ वटा कुखुराको जलेर मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।