टिपर दुर्घटनामा मृत्यु

रामेछाप, २७ पुस
    मन्थली नगरपालिका–१ मक्षेडाँडी स्थित सडक खण्डमा ना.१ अ ५७ नम्बरको टिपर बुधबार सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना हुदाँ सिन्धुली भद्रकाली–८ बस्ने १८ बर्षीय रमेश बम्जन र मोहन खडकाको मृत्यु भएको छ । दुर्घटनामा बम्जनको घटनास्थलमै र खड्काको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक सहित २ जनालाई उपचारको लागि धुलीखेलमा पठाइएको छ ।