लागूऔषध गाँजा बरामद

पर्सा, २७ पुस
    झौवागुठी–६ बस्ने पन्नालाल साह सोनारको घरबाट प्रहरीले अवैध लागूऔषध गाँजा १० किलो बरामद गरेको छ ।
    सोनारले भारतमा लगेर बिक्री बितरण गर्ने उद्धेश्यले घरमा गाँजा लुकाई छिपाई राखेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार उनको घर तलासी गर्दा बोरामा लुकाई राखेको अवस्थामा ५ किलो र उनको खाली जग्गामा रहेको बोरामा ५ किलो गाँजा बरामद भएको थियो ।
    फरार रहका सोनारको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।