रेडियो अपरेटर तालिम समापन

काठमाडौं, ५ फागुन
    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय संचार दिर्नेशनालयमा संचालित रेडियो अपरेटर ग्रेड थ्री ९९ औं समुहको तालिम बिहीबार समापन भएको छ ।
    समापन कार्यक्रमका प्रमुख अतिथी सोही निर्देशनालयका प्रहरी नायव महानिरीक्षक डा.राजिव सुव्बाले प्रशिक्षार्थीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरी संगठनलाई प्रभावकारी  कार्य सम्पादन गर्नमा भरपर्दो सूचना प्रवाहमा महत्वपुर्ण भूमिका रहेको चर्चा गर्दै तालिमबाट सिकेका व्यवसायिक ज्ञानलाई कार्यक्षेत्रमा संवेदनशील भई लागू गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।  
    तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई. दामोदर कणेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै मंसिर २ गतेबाट संचालन भएको ७५ दिन कार्यअवधि रहेको उक्त तालिममा प्रहरी जवान ३५ जनाको सहभागिता रहेको जानकारी दिनुभएको थियो ।